९७ किलो गाँजासहित बाराबाट दुई जना पक्राउ परेका छन्।
बिज्ञापन
जितपुर सिमरा उपमहानगरपालिका–२२ बिरूवा खोलामा झाडीमा लुकाएर राखेको उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो। अनुसन्धान गर्दै जाँदा गाँजा ओसारपसारमा प्रयोग गरिएको बा ११ च ७०१२ नम्बरको कार पनि प्रहरीले बरामद गरेको थियो।
बिज्ञापन
कारसहित चालक चितवन राप्ती नगरपालिका–२ गडौलीका विष्णु लामा र कारमा सवार चितवन भरतपुर महानगरपालिका–२४ सिद्धार्थ टोलका टेकबहादुर गुरुङलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।








