होमपेज > आज पाँचवटा समितिको बैठक बस्दै

आज पाँचवटा समितिको बैठक बस्दै

बिज्ञापन
बिज्ञापन

संघीय संसद्अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दै छ। आज महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

बिज्ञापन

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा सीईडीएडब्लूको आधारभूत सिफारिस नंम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

बिज्ञापन

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ। यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते