होमपेज > कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सम्झौता

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच आज एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता बमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

बिज्ञापन

सम्झौता पत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्दै, यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।

बिज्ञापन

ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट स् ले नेपाल जस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरू निकै नै उत्साहित रहेको भनाई राख्दै कुमारी क्यापिटल जस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार, कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानुनी र वित्तीय परामर्श, परियोजनाको मूल्याङ्कन, र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।

बिज्ञापन

कुमारी क्यापिटल लिमिटेडले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ । त्यस्तै भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । यो आरबीआई द्वारा इजाजतपत्र प्राप्त कम्पनी हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयरहरू, लगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको कुमारी क्यापिटलले जनाएको छ ।

यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवै कम्पनी बीच भएको यो सम्झौता अन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्ने छ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते