सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालि (काठमाडौं, कमलपोखरी)बीच छुट सम्झौता भएको छ।
बिज्ञापन
सम्झौताअनुसार बैंकका ग्राहकले सिटि सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बिज्ञापन
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गाहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ वा ०१-५९७००२० र customercare@sbl.com.np मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।








