साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार १२ अंकले घटेको छ। शेयर बजार परिसूचक १२.८४ अंकले घटेको हो। योसँगै समग्र बजार मापक २६७६.१५ मा झरेको छ।
बिज्ञापन
यस दिन ९२ कम्पनीको शेयर मूल्य बढेको छ। १३८ कम्पनीको सेयर मूल्य घटेको छ। पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको एक करोड १५ लाख २३ हजार तीन कित्ता सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
बिज्ञापन
बजार घट्दा पनि इमर्जिङ नेपाल लिमिटेड, महिला लघुवित्त, सिटिजन बैंक डिबेन्चर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, हिमालय डिस्ट्रिलरीलगायत कम्पनी उच्च कारोबार गर्नेमा परे।
समूहगत उपसूचकतर्फ फाइनान्स, लगानी, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड तथा अन्य समूहको शेयर मूल्य सामान्य बढेको छ। बाँकी समूहको शेयर मूल्य घटेको छ।
बिज्ञापन








