सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सा लगिएको छ।
बिज्ञापन
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरूलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको हो।
बिज्ञापन
प्रहरीका अनुसार उनीहरूलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ। रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ।








