होमपेज > सबैका लागि पैसा कमाउने सुविधा फेसबुकले दिँदै, नेपालबाटै कसरी कमाउने?

सबैका लागि पैसा कमाउने सुविधा फेसबुकले दिँदै, नेपालबाटै कसरी कमाउने?

बिज्ञापन
बिज्ञापन

विश्वकै प्रमुख सामाजिक सञ्जालका रुपमा रहेको फेसबुकले आफ्ना क्रिएटरहरूलाई वार्षिक ठूलो पैसा दिने गर्छ। फेसबुकको मुख्य कम्पनी मेटाले गतवर्ष आफ्ना लाखौं प्रयोगकर्ताले २ अर्ब अमेरिकी डलर रुपैयाँभन्दा बढी कमाएको बताएको छ।

बिज्ञापन

फेसबुकले भिडियो, रिल्स, फोटो र टेक्स्टपोस्टहरू सबैलाई मोनिटाइज गर्न सकिने सुविधा उपलब्ध गराएको छ। कम्पनीले फरक प्रयोगकर्ता वा क्रिएटरका लागि सोहीअनुसारको मोनिटाइज गर्न सुविधा दिएको बताएको छ।

बिज्ञापन

सबैका लागि उपलब्ध हुँदै ‘कन्टेन्ट मोनिटाइज’

फेसबुकले यसअघि उपलब्ध रहेको ‘इन स्ट्रिम एड’ सुविधा गत अक्टोबर ४ देखि बन्द गरेको छ। कम्पनीले अब सबै क्रिएटर एवम् पेजका सबै ‘कन्टेन्ट मोनिटाइज’ हुने ‘फेसबुक कन्टेन्ट मोनिटाइजेसन’ प्रोगाम ल्याउने तयारीमा रहेको बताएको छ। यो प्रोग्राममार्फत ‘कन्टेन्टको परफर्मेन्स’का आधारमा आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ।

बिज्ञापन

फेसबुकका अनुसार यो प्रोग्रामबाट क्रिएटरहरूले आफ्नो कन्टेन्ट वा पोस्टमा पाएको भ्युज, लाइक, कमेन्टलगायतका आधारमा आम्दानी गर्ने छन्। कन्टेन्टको परफर्मेन्स अथवा भ्युज, लाइक, कमेन्ट, शेयरलगायत आधारमा आम्दानी हुने हुँदा सबैलाई यो प्रोग्राममा आवद्ध हुन कम्पनीले आग्रह गरेको छ।

तर हाल यो प्रोग्राम परीक्षणका रुपमा बेटा संस्करणमा छ। फेसबुकमा सबैले सहज आम्दानी गर्न सक्ने गरी कन्टेन्ट मोनिटाइजेसन सुविधा बनाइरहेको हुँदा अर्को वर्षसम्म ‘इन्भाइट–वान्ली’का लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। यहाँ बाट यस प्रोग्राममा सहभागी हुन आफ्नो विवरण राख्न सकिन्छ। त्यसपछि मेटाकातर्फबाट इन्भिटेसन आएमा यो प्रोग्राममा सहभागी भएर आम्दानी गर्न सकिन्छ।

रिल्स एड र बोनस प्रोग्राम

फेसबुकले हाल रिल्समा विज्ञापन देखाएबापत पनि क्रिएटरहरुलाई पैसा दिइरहेको छ। यस्तै बोनस प्रोग्रामबाट पनि राम्रो रिच एवम् भ्युज रहेका क्रिएटरलाई पैसा दिइरहेको छ। तर यी दुवै सुविधा ‘इन्भाइट–वान्ली’ छ। त्यसैले मापदण्ड पूरा गरेर अप्लाई गरेकामध्ये पनि रेन्डम व्यक्तिले यो सुविधा पाएर आम्दानी गर्न सक्छन्। रिल्समा एड चलाएर आम्दानी गर्न आवश्यक मापदण्डमा फेसबुकका तर्फबाट इन्भिटेसन पाएको हुनुपर्ने र यहाँ तोकिएका देशभित्र रहेको हुने पर्ने जनाइएको।

परफर्मेन्स बोनस प्रोग्रामका लागि पनि क्रिएटरहरूले फेसबुकबाटै निमन्त्रणा पाउनु पर्नेछ। त्यस प्रक्रियामा जान आफ्नो पेजबाट मोनिटाइजेसन भन्ने अप्सनमा गएर त्यहाँबाट बोनसेसको अप्सनमार्फत प्रक्रिया पूरा गर्न सकिन्छ। त्यसपछि फेसबुकले आधिकारिक रुपमा इन्भिटेसन पठाउन सक्छ।

इन्भिटेसन पाएपछि थप प्रक्रिया पूरा गरी आफ्ना कन्टेन्टको राम्रो परफर्मेन्स हुँदै गएमा पैसा कमाउन सकिने फेसबुकले जनाएको छ।

सब्स्क्राइब, स्टार र ब्रान्डेड कन्टेन्ट

यस्तै पेज वा व्यक्तिका फ्यानहरूले मासिकरुपमा पैसा तिरेर सब्स्क्राइब गरेमा पनि उक्त पेजबाट आम्दानी गर्न सकिन्छ। यस्तै फ्यानहरुले मन पराएर पैसा तिरेर स्टार किनेपछि उक्त स्टार पेजका पोस्ट कमेन्टमार्फत दिएमा पनि आम्दानी गर्न सकिने मेटाले जनाएको छ।

यस्तै आफुले नै कुनै ब्रान्डसँग सहकार्य गरेर त्यसको प्रमोसन गरेर पनि आम्दानी गर्न सकिन्छ। फेसबुकले यस्तो पोस्टमा ब्रान्डेड कन्टेन्टको ट्याग लगाउन मिल्ने सुविधा राखेको छ।

मेटाले अहिले आफ्ना पूराना विज्ञापन अथवा एड राखेर गर्न सकिने मोनिटाइजेसन सुविधालाई मर्ज गरेर कन्टेन्ट मोनिटाइजेसन प्रोग्राममा काम गरिरहेको बताएको छ। यो पूराना प्रक्रियाहरूभन्दा सहज देखिए पनि कम्पनीले स्पष्ट जानकारी भने दिइसकेको छैन र सबैका लागि कहिले सार्वजनिक हुन्छ भन्ने पनि स्पष्ट छैन।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते