होमपेज > त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा हिनामिना

त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा हिनामिना

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ ।

बिज्ञापन

त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको हो । ‘जग्गा संघ संस्थालाई बाँडेको फेला परेको छ । त्रिविको १ हजार रोपनी जग्गा मिचिएको पनि देखिन्छ,’ खोजबिनमा संलग्न एक सदस्यले भने । संघ संस्थालाई जग्गा बाँड्न त्रिविकै पदाधिकारी संलग्न भएको र उनीहरुमाथि थप अनुसन्धान गरी कारबाही गर्न समितिले सुझाव दिएको छ । ‘त्रिविको पदाधिकारी जग्गा बाँडफाँटमा संलग्न भएको प्रतिवेदनले औंल्याएको छ । पदाधिकारीमाथि थप अनुसन्धानको खाँचो देखिन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।

बिज्ञापन

६ महिनाको खोजबिनमा नसोचेको ठाउँको जग्गा पनि बाँडिएको पाइएको छ । पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा पनि हिनामिना भएको समितिको निष्कर्ष छ । काठमाडौं बाहिर पनि धेरै ठाउँमा त्रिविको जग्गा अतिक्रमण भएको निष्कर्ष निकालेको खोजबिन समितिले समय अभावका कारण उपत्यका बाहिरको जग्गामा अझै अध्ययन आवश्यक रहेको औंल्याएको छ । ६ महिनाको समयमा सबै ठाउँमा पुग्न गाह्रो भएकाले थप अध्ययनको आवश्यक रहेको खोजबिन समितिको भनाइ छ ।

समितिले प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाएको छ । तर यसलाई मन्त्रिपरिषदमा लगेपछि मात्र औपचारिकरुपमा खोल्ने बताइएको छ । मन्त्रिपरिषद्बाट समिति बनाइएकाले प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले निर्णय गरेपछि थप काम शिक्षा मन्त्रालयले गर्ने तयारी छ । शिक्षा मन्त्री विद्या भट्टराई क्याबिनेटबाट निर्णय भएपछि मात्र थप काम मन्त्रालयले गर्ने बताउँछिन् । ‘प्रतिवेदन मन्त्रालयमा बुझाउनु भएको छ । क्याबिनेटले निर्णय गरेर समिति बनाएको हो । त्यसैले क्याबिनेटमै प्रतिवेदन खोल्ने हो । हामीले खोलेका छैनौं,’  उनले भनिन् ।

बिज्ञापन

छानबिन समितिका सदस्य जानकीबल्लभ अधिकारी प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियामा रहेको बताउँछन् । ‘प्रतिवेदन मन्त्रालयमार्फत बुझाउने भनेको थियो । मन्त्रीज्युले प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्ने भनिएको छ,’ उनले भने । सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते