साताको पहिलोदिन नेपाली बजारमा सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्यपनि घटेको छ। चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।








