होमपेज > त्रिविले मङ्सिर २७ गते नीति अधिवेशन गर्दै

त्रिविले मङ्सिर २७ गते नीति अधिवेशन गर्दै

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन (सिनेट) बोलाएको छ। गत साउन १५ गते बसेको त्रिवि सभा (सिनेट) मा नीतिबारे छलफल नभएपछि अहिले नीति अधिवेशन बोलाएको हो।

बिज्ञापन

त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ। त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ। त्रिविले ऐनका विभिन्न प्रावधानहरू संशोधनको तयारी गरेको छ। अधिवेशनबाट ऐन संशोधन हुनेछ।

बिज्ञापन

त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ। त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ। सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए। उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन्।

त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ। सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते