होमपेज > सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कसले कति पाए? यसरी हेर्न सकिन्छ नतिजा

सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कसले कति पाए? यसरी हेर्न सकिन्छ नतिजा

बिज्ञापन
बिज्ञापन

सन नेपाल लाइफ इन्स्योरेन्सकाे आइपीओ बाँडफाँड सम्पन्न भएकाे छ । इन्स्योरेन्सले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरेको आइपीओ आज साेमबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले बाँडफाँड गरेको हाे ।

बिज्ञापन

कम्पनीले साउन १ देखि साउन १५ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

बिज्ञापन

बिक्री प्रबन्धकका अनुसार यस आइपीओमा कुल २७ हजार ९ सय १ जना मात्र योग्य आवेदन परेको थियो । क्यापिटलका अनुसार १० देखि ४० कित्तासम्मको लागि आवेदन दिने ९ हजार ७४ जना आवेदकले माग गरे अनुसार नै शेयर पाएका छन् । त्यस्तै ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् ।

त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

बिज्ञापन

यस आइपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आइपीओको नतिजा हेर्न तयार पारेकोको https://iporesult.cdsc.com.np वेबसाइटबाट हेर्न सकिने छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते