तनहुँको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ।
बिज्ञापन
घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते भएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आइतबार उपचारका क्रममा मृत्यु भएको हो।
बिज्ञापन
मृतकको शव आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।








