होमपेज > प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थल बन्द

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थल बन्द

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ।

बिज्ञापन

प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान-अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

बिज्ञापन

‘राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास हो’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘प्रधानमन्त्रीज्यूको जहाज उड्नुअघि १५ मिनेट र उडेपछि १५ मिनेट अरू जहाज रोकिन्छन्। यो सामान्य प्रक्रिया हो।’

यसका लागि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नोटिस फर एयरमेन (नोटाम) जारी गरिसकिएको उनले जानकारी दिए। नोटाम अनुसार अहिले बिहान १०:३५ बजेबाट ११:०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान-अवतरण हुँदैन। प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ।

बिज्ञापन

नोटाम अनुसार सबै वायुसेवाले आफ्ना उडान तालिका मिलाइसकेको भुलले जानकारी दिए। ‘धेरै उडान प्रभावित हुँदैनन्, सामान्य हुने हो’, भुलले भने, ‘यात्रुहरूलाई नाव्टाम अनुसार वायुसेवा कम्पनीहरूले खबर गरिसकेका छन्।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते