सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १२०० रुपैयाँ घटेर तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा २५रुपैयाँ घट्दै १ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको थियो।








