सुनसहित एक जना वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने २८ बर्षीय जयप्रकाश कुमार सोनार छन्।
बिज्ञापन
वीरगञ्ज–८ स्थित सडकखण्डबाट ना.६२ प २७०५ नम्बरको मोटरसाईकलमा आउदै गरेका सोनारलाई प्रहरीले चेकजाँच गरेको थियो। जाँचको क्रममा उनले लगाएको जिन्सको खल्तीबाट कागजमा बेरिएको अवस्थामा एक सय ७ ग्राम ८९ मिलिग्राम सुन फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
सुनको बजार मुल्य १३ लाख ८८ हजार ४३६ रहेको तथा सुनसहित पक्राउ परेका सोनारलाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् डिएसपी किशोर लम्सालले बताए।








