होमपेज > आज साँझसम्म रविलाई काठमाडौं ल्याइने

आज साँझसम्म रविलाई काठमाडौं ल्याइने

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौं ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिएन।

बिज्ञापन

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौं ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो। अब उनलाई आज या भोली मात्र काठमाडौं ल्याइने भएको छ। रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधवार साँझ वा बिहिवार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन्।

बिज्ञापन

पोखरामा नै रहेका उनले फेसबुकमा लेखेका छन्। ‘कास्की प्रहरीले रवि दाइलाई बुधवार साँझ वा बिहिबार बिहान मात्र काठमाडौं पठाउने भएको छ। ‘उनलाई यस बीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो। काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ। लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो। त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो।

बिज्ञापन

लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौं र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते