होमपेज > एनसेलका ग्राहकका लागि नयाँ सुविधा: भ्वाइस प्याकसँग डेटा र डेटा प्याक भ्वाइससँग साट्न मिल्ने

एनसेलका ग्राहकका लागि नयाँ सुविधा: भ्वाइस प्याकसँग डेटा र डेटा प्याक भ्वाइससँग साट्न मिल्ने

बिज्ञापन
बिज्ञापन

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ सुविधा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्वाइस सेवालाई डेटासँग र डेटा सेवालाई भ्वाइससँग साट्न सकिने सुविधा ल्याएको हो।

बिज्ञापन

यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्छन्। सधैं अनमा ग्राहकहरूले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन्।

बिज्ञापन

सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्ने एनसेलले बताएको छ।त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिन्छ। कम्पनीका अनुसार यो सुविधा सधैं अनका ३९९, ४९९ र ५९९ रूपैयाँका प्याकहरूमा मान्य रहेको छ।

ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन्। एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जिबी डेटा पनि निःशुल्क प्राप्त गनै सक्ने कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते