होमपेज > मतदान सकिएकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई आग्रह

मतदान सकिएकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई आग्रह

बिज्ञापन
बिज्ञापन

निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।

बिज्ञापन

सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।

बिज्ञापन

समितिले १३ मंसिरको राति १२ बजेदेखि प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय पनि गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

उपनिर्वाचनको दिन चुनाव हुने स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन र निर्वाचनको स्वच्छतामा असर नपर्ने गरी मतदाता आवागमन सहज गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।

बिज्ञापन

१६ मंसिरमा विभिन्न १३ जिल्लाका ४४ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते