होमपेज > महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपे प्लसअन्तर्गत अन्तरदेशीय क्यूआर पेमेन्ट गर्नेसम्बन्धी सम्झौता भएको छ।

बिज्ञापन

अलिपे प्लसअन्तर्गत एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी सम्झौता भएको हो। नेपालमा यस्तो समझदारी गर्ने विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको दाबी गरिएको छ।

बिज्ञापन

सम्झौताअन्तर्गत चीन, हङकङ, मकाओ, सिङ्गापुर, मलेसिया, फिलिफिन्स, मङ्गोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटालीजस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरूले अलिपे प्लस नेटर्वकमा आबद्ध विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्यूआरमा सहज रूपमा क्यूआर पेमेन्ट गर्न सक्नेछन्।

यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुग्नुका साथै सरकारले अख्तियार गरेको डिजिटल नेपालको अभियानमा समेत टेवा पुग्ने विश्वास बैंकको छ। यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते