होमपेज > चुनावी सभामा प्रचारका लागि पुगेका मिथुनको पर्ष चोरी भएपछि…

चुनावी सभामा प्रचारका लागि पुगेका मिथुनको पर्ष चोरी भएपछि…

बिज्ञापन
बिज्ञापन

भारतको झारखण्ड राज्यमा बुधवार विधान सभा सदस्यका लागि निर्वाचन भेरहेको छ। यो निर्वाचनमा धनबाद जिल्लाको निरसा विधानसभा क्षेत्रबाट भाजपाका उम्मेदवारको रुपमा अपर्णा सेन गुप्ता उठेकी छिन्।

बिज्ञापन

यहि क्रममा बलिउड अभिनेता मिथुन चक्रवर्ती मंगलवार गुप्ताको चुनावी सभामा प्रचार–प्रचारका लागि झारखण्डको धनबाद पुगेका थिए। अपर्णा सेन गुप्ताको समर्थनमा आयोजना आमसभालाई मिथुनले सम्बोधन पनि गरे। यद्यपि, त्यहि क्रममा भिडभाडको फाइदा उठाएर कसैले मिथुनको पकेट मारिदिएको छ। मिथुनलाई हेर्न लागि एक हजार भन्दा बढी मानिसको भिड जम्मा भएको थियो। उक्त भिडलाई सम्हाल्नका लागि न त कुनै किसिमको व्यवस्था थियो, न थ कुनै सुरक्षाकर्मी नै त्यहाँ उपस्थित थिए।

बिज्ञापन

त्यहि कराणले गर्दा भिडमा कसैले मिथुनको पकेट मारिदिएको हो। भिडमा मिथुनको एक झलक पाउन र आफ्नो मोबाइलमा सेल्फि लिनका लागि मानिसहरु हानाथाप गरिरहेका थिए। सोही क्रममा पकेटमारहरुले मौका पाउनासाथ मिथुनको पकेट मारिदिएका हुन्। जब मिथुनले आफ्नो पकेट मारिएको कुराको जानकारी पाए, उनले लगत्तै भाजपाका नेताहरुलाई यो कुराको जानकारी गराए। उनीहरुले मञ्चबाट मिथुनको पकेट मारिएको व्यक्तिलाई उनको पर्स फिर्ता दिन आग्रह गरेका थिए। यद्यपि, त्यहाँ उपस्थित कसैले पनि मिथुनको पर्स फिर्ता दिएनन्। यहि कारणले मिथुन छिट्टै कार्यक्रम सकाएर त्यहाँबाट निस्केका थिए।

यसका साथै अहिले मिथुनको सुरक्षा पनि बढाइएको छ। सुरक्षा निकायले मिथुनको सुरक्षा बढाएको हो। केहि समय अगाडि मिथुनलाई सामाजिक सञ्जालमार्फत धम्कि दिइएको थियो। धम्किलाई ध्यानमा राखेर उनको सुरक्षा बढाइएको हो। सीआइएसएफले अहिले मिथुनलाई वाई प्लस क्याटेगरीको सुरक्षा प्रदान गरेको छ। यही क्याटेगरीको सुरक्षा सलमान खानलाई समेत प्रदान गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते