सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ। साधारण सभामा कम्पनीले शेयरधनीलाई ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
बिज्ञापन
साथै, साधारण सभाले छैटौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी अब १७ प्रतिशतमात्र हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बिज्ञापन
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ।
चैत ७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
बिज्ञापन







