होमपेज > विद्युतीय स्कुटर उत्पादन नेपालमै लगानी गर्न खोज्दै ‘ग्रन्थ ईभी’

विद्युतीय स्कुटर उत्पादन नेपालमै लगानी गर्न खोज्दै ‘ग्रन्थ ईभी’

बिज्ञापन
बिज्ञापन

नेपालमा विद्युतीय स्कुटर उत्पादन गर्ने लक्ष्यका साथ ग्रन्थ ईभीले लगानी आह्वान गरेको छ। हाल आयातित स्कुटर बिक्री गर्दै आएको ग्रन्थ ईभीको सञ्चालक एफडी मोटर्सले नेपालमै उत्पादन सुरु गरी रोजगारी र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने योजना ल्याएको हो।

बिज्ञापन

एफडी मोटर्स तथा ग्रन्थ ईभीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलका अनुसार जुटेको लगानीले नेपालमै विद्युतीय स्कुटर उत्पादन गरिनेछ। कम्पनी आईपीओ निष्कासन गर्ने स्तरमा नपुगेको तर त्यस चरणमा पुग्न निर्माण क्षमतालाई विस्तार गर्नुपर्ने भएकाले लगानी खोजिएको उनले बताए। “अहिले नेपालमा विद्युतीय स्कुटरको उच्च माग छ। यही मागलाई पूर्ति गर्न स्वदेशमै स्कुटर उत्पादन गर्ने लक्ष्यका साथ लगानी उठाउन लागिएको हो,” उनले भने।

बिज्ञापन

उनका अनुसार नयाँ ​स्कुटरको डिजाइनिङको काम विदेशमा भइरहेको छ, जुन नेपाली उपभोक्ताका लागि नै भनेर तयार हुनेछ। बजारमा यो स्कुटर दुई लाख ८९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। २४० किलोमिटर रेञ्ज हुने स्कुटरमा ग्राहकले ८ वर्षसम्म वारेन्टी पाउनेछन्।

अब केही महिनामा स्कुटर परीक्षणको कार्यक्रम राखिने बताउँदै ढुंगेलले त्यस अवसरमा समेत इच्छुकले स्कुटर हेरेर लगानी गर्नसक्ने बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते