साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा कायम भएको छ।
बिज्ञापन
यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ। आज बजारमा बढोत्तरी आउँदा आठ वटा उपसूचक हरियाली भएको छ।
बिज्ञापन
यस दिन बजारमा वृद्धि आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनशील लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, माछापुच्छ्रे बैक, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ।








