धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ डार्केफाँट सडकमा बोलेरो जीपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
बिज्ञापन
ताल्तीबाट मलेखुतर्फ छुटेको बा २० च १९९९ नम्बरको बोलेरो जीपको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने १९ वर्षीया अनिशा मिजारको सोमबार दिउँसो मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल मलेखुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
साथै, बोलेरोको ठक्करबाट घाइते भएकी एक जना पैदलयात्रीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








