कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन्।
बिज्ञापन
‘८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ। त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उनले भनिन्। आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो। जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ।
बिज्ञापन
यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए।








