राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ।
बिज्ञापन
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो। लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ। उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ।
बिज्ञापन
यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन्। जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ।








