शाइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
बिज्ञापन
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ। आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन्।
बिज्ञापन
गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ छ।








