सीतापाइला–धार्के सडकखण्ड आज (शुक्रबार) देखि १५ दिनका लागि बन्द भएको छ। सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ ।
बिज्ञापन
कात्तिक २३ (आज) देखि १५ दिनसम्म सडक बन्द गरेर कालोपत्र गरिनेछ। यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने जिप्रकाले जनाएको छ ।
बिज्ञापन
यस अवधिमा वैकल्पिक माग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। काठमाडौंको सीतापाइलादेखि धादिङको धार्केबजारसम्मको उक्त सडकखण्डको दूरी २४ किलोमिटर छ। यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो।
-हेर्नुहोस् सूचना:
बिज्ञापन









