होमपेज > त्रिभुवन विश्वविद्यालयमा पाँच वर्षमा २३ लाख ३३ हजार विद्यार्थी भर्ना, पास कति भए?

त्रिभुवन विश्वविद्यालयमा पाँच वर्षमा २३ लाख ३३ हजार विद्यार्थी भर्ना, पास कति भए?

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयमा पछिल्लो पाँच वर्षमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शैक्षिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा स्नातक तहदेखि पीएचडीसम्मका लागि २८ लाख ३३ हजार २६५ विद्यार्थी भर्ना भएका हुन् ।

बिज्ञापन

सोही अवधिमा तीन लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित भएका छन् । अर्थात् भर्ना भएको विद्यार्थीको तुलनामा १३.१३ प्रतिशत मात्रै दीक्षित भएका हुन् । हरेक वर्ष ५ लाखको हाराहारीमा विद्यार्थी भर्ना हुँदै आएका छन् । तर, पास भने ६० देखि ७० हजारको हाराहारीमा मात्रै छन् । शैक्षिक वर्ष २०७५/७७६ मा ४ लाख १५ हजार ४८२ भर्ना हुँदा ७० हजार ५६१ विद्यार्थी दीक्षित भएका थिए । यस्तै, २०७६/७७ मा ४ लाख १५ हजार ७७७ भर्ना र ५७ हजार १८३ दीक्षित भएका थिए । २०७७/७८ मा ४ लाख २२ हजार ६५३ भर्ना र ३० हजार १९९ दीक्षित भएका थिए ।

बिज्ञापन

त्यस्तै २०७८/७९ मा ४ लाख ५४ हजार ६५ भर्ना र ६३ हजार २२३ दीक्षित, २०७९/८० मा ५ लाख ३७ हजार ५६९ भर्ना र ७७ हजार १०३ दीक्षित र २०८०/८१ मा ५ लाख ८७ हजार ७१९ भर्ना र ७३ हजार ७४९ दीक्षित भएको त्रिविको तथ्याङ्क छ । विद्यार्थी भर्ना हुने दर पास हुने दरमा निकै भिन्नता देखिएको हो । त्रिविले यसलाई न्यूनीकरण गर्दै पासदर समेत बढाउने योजनाहरू अघि सारेको छ । त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले पढाइको गुणस्तर सुधार तथा परीक्षाको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते