इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका एक अधिकारीले शनिबार बताएका छन्।
बिज्ञापन
बेकासीको विपद् व्यवस्थापन एजेन्सीको पुनर्निर्माण तथा पुनर्वास एकाइका प्रमुख इधम खोलिदका अनुसार बेकासी सहरको औद्योगिक परिसरमा शुक्रबार आगलागी भएको हो भने हाललाई आगो नियन्त्रणमा आइसकेको छ।
बिज्ञापन
घाइतेहरू मध्येका तीन जनासहित अधिकांश हताहतमा पर्नेहरू कारखानाका कामदारहरू तथा एक जना अग्नि नियन्त्रक रहेको जनाइएको छ। जकार्ता खोजी तथा उद्धार विभागका प्रमुख अगुङ प्रियाम्बोडोले घाइते व्यक्तिहरू अस्पतालमा उपचार भइरहेको उल्लेख गरेका छन्।








