होमपेज > देउसी भैलो समूह चढेको गाडी दुर्घटना भएपछि…

देउसी भैलो समूह चढेको गाडी दुर्घटना भएपछि…

बिज्ञापन
बिज्ञापन

नवलपरासीमा देउसी भैलो खेल्न जाँदै गर्दा भएको गाडी दुर्घटनामा १० जना घाइते भएका छन्।

बिज्ञापन

सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकखण्डमा गुडरियाबाट नर्सहीतर्फ जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई बाटाछेउमा पल्टेको प्रहरीले जनाएको छ।

बिज्ञापन

सो घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ता पठाएको छ।

गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

बिज्ञापन

-यस्तो छ, घाइतेहरूको विवरण:
१- जिल्ला नवलपरासी सुस्ता गापा-२, गुदारिया बस्ने वर्ष १६ की सृस्ति मुखियाको बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।

२- सुस्ता गापा-२, गुदारिया बस्ने वर्ष अन्दाजी वर्ष १९ की मन्जु महत्तोको शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।
३- सोही स्थान बस्ने वर्ष २१ को रेखा महतो दुवै खुट्टामा चोट, अवस्था मध्यम
४- वर्ष २१ को बैजनाथ गुप्ता हातमा चोट, अवस्था मध्यम।
५- जितराम मुखियाकी छोरी वर्ष १४ की लक्ष्मी मुखिया, अवस्था सामान्य।
६- वसन्त मुखियाको छोरी वर्ष १६ की वर्षा मुखियाको दुवै हात खुट्टामा चोट सामान्य।
७- डिल्ली मुखियाकी छोरी वर्ष १८ की कविता मुखिया, अवस्था सामान्य।
८- राजुकुमार मुखियाकी छोरी वर्ष १५ की तिलकुमारी मुखिया, अवस्था सामान्य।
९- वर्ष २३ को विवेक चौधरीको हात र ढाडमा चोट सामान्य।
१०- सीता मुखियाको छोरा वर्ष १३ की इशान्त मुखिया, दाहिने हातमा चोट, अवस्था सामान्य।

गाडीमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते