होमपेज > ‘पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा सुरू

‘पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा सुरू

बिज्ञापन
बिज्ञापन

पठाओले तिहारको शुभकामनासहित ग्राहकका लागि ‘पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ।

बिज्ञापन

पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै पनि सेवा प्रयोग गर्दा लाभ स्वरूप पठाओ पोइन्ट्स प्राप्त गर्नेछन्। ग्राहकले पठाओको राइड, फूड अर्डर र अन्य सेवामा गर्ने खर्चको दश प्रतिशत बराबर पोइन्ट्स पाउने छन्, जसलाई विभिन्न पठाओ सेवा प्रयोग गर्दा रिडिम गर्न सकिने जनाइएको छ।

बिज्ञापन

पोइन्ट्स प्रयोग गर्न ग्राहकले पठाओ एपको होमपेजको ‘पोइन्ट्स’ ट्याबमा जानुपर्ने हुन्छ। त्यहाँ जम्मा भएका पोइन्ट्स हेर्न र रिडिम गर्न सकिनेछ। पोइन्ट्स रिडिम गरी पठाओका सेवामा छुट दिलाउने मात्र नभई, पठाओसँग आबद्ध रेस्टुरेन्ट, पार्टनर र अन्य व्यवसायमा पनि छुट पाउनेछन्। ग्राहकले क्यूआर कोड स्क्यान गरी लाभ लिन सक्नेछन्।

पठाओले ग्राहकका लागि फरक पोइन्ट्सअनुसार फरक स्तर पनि राखिएको छ। ब्रोन्ज, सिल्वर, गोल्ड, र प्लेटिनम स्तरमा विभाजित यी लाभका स्तरले ग्राहकको जम्मा पोइन्ट्सअनुसार छुट र सुविधामा वृद्धि गर्दै लैजाने कम्पनीले जनाएको छ। ग्राहकको स्तर जति माथि पुग्छ, उति नै विशेष लाभ पाउन सकिने यो योजनाबाट ग्राहकलाई थप आकर्षित गराउने लक्ष्य कम्पनीले राखेको छ।

बिज्ञापन

-रियल टाइम पार्सल डेलिभरी:

पठाओले काठमाडौं उपत्यका बाहिर पनि रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार भएको छ। अब ग्राहकले आफ्नो सहरभित्र रहेका अन्य व्यक्तिलाई साना कुरियरजस्ता प्याकेज, डकुमेन्ट, गिफ्ट, घरायसी सामग्री र खरिद गरिएका सामान तुरून्त पिकअपसहित पठाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले सुपर एप बन्ने योजनाअनुसार ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सुविधा थप गरिरहेको पठाओ नेपालका निर्देशक सुरक्षा हमाले बताइन्। यही अक्टोबर ३१ देखि ग्राहकले पठाओ पोइन्ट्स र पार्सल डेलिभरी सेवाहरू पूर्ण रूपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते