होमपेज > कारले २ वटा स्कुटरलाई ठक्कर दिएपछि…

कारले २ वटा स्कुटरलाई ठक्कर दिएपछि…

बिज्ञापन
बिज्ञापन

हेटौंडामा कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा चोकमा कारले २ वटा स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका हुन्।

बिज्ञापन

चौघडाबाट हेटौंडाबजार तर्फ आउँदै गरेको बा१३च २००७ नम्बरको कारले सोही दिशा तर्फबाट आउँदै गरेको ना ६४ प २८३६ नम्बरको स्कुटर, बा.प्र–०३–००४६ प ०२५७ नम्बरको स्कुटर र पैदल यात्री समेतलाई ठक्कर दिएको थियो।

बिज्ञापन

शुक्रबार दिउँसो १ः४५ बजेको समयमा सानोपोखरा चोकमा उक्त कारले २ स्कुटरसहित पैदल यात्री बारा कोल्बी–१ बस्ने २३ वर्षीय दिप नारायण चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरीले नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ना६४प २८३६ को चालक हेटौंडा–५ बस्ने ३० वर्षीय नारायण तिमल्सिना, स्कुटर पछाडि सवार २७ वर्षीया अस्मिता सापकोटा, कारमा सवार गोडाइता–५ २८ वर्षीय रन्जित कुमारी शाह, उनको ३ वर्षीय छोरा कुशल रौनियार घाइते भएका छन्। घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अर्यालले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते