स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। मन्त्री पौडेलले आइतबारमन्त्रीस्तरीय बैठकबाट कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सरअस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सरअस्पताल भरतपुर चितवनबाट बालबालिकाको क्यान्सरको निःशुल्क उपचारगर्ने निर्णय गरेका हुन्।
बिज्ञापन
मन्त्री पौडेलको सचिवालयका अनुसार निःशुल्क उपचारहुने उक्त व्यवस्था मंसिर१ गतेबाट लागु हुनेछ। धेरै धनराशि खर्च हुने क्यान्सर उपचारलाई निःशुल्क बनाउने नीति मन्त्रालयले लिएको छ। मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचारसेवा निःशुल्क बनाउन पहल थालेका थिए। हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्ने नीति उनले लिएका हुन् । नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ।
बिज्ञापन
नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकोमा १४ हजारबढीले ज्यान गुमाएको पाइएको छ। नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सरदेखिने गरेको छ। क्यान्सरपीडित बालबालिकालाई परिवारको आर्थिक अभावकै कारण मृत्युको मुखमा पर्न नदिन रसमयमै उपचारगरेरज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
‘समयमै उपचारगर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ,’ उनले भने, ‘तरआर्थिक अभावमा कोही पनि परीक्षण र उपचारबाट वञ्चित नहोऊन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं।’ मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ पहिलो निर्णय राष्ट्रिय क्यान्सररणनीति स्वीकृत गरेरथालेका थिए र नीतिअनुसार बालबालिकाको क्यान्सर न्यूनीकरण गर्न पहिलो निर्णय गरेको तीन महिना पुग्नासाथ उपचार निःशुल्क गराउने निर्णय गरेका हुन्। सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरी उपचार गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।








