कालिमाटी तरकारी थोक बजारमा सोमबार स्कुस १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ। त्यस्तै ठूलो गोलभेडा ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
बिज्ञापन
यसैगरी सानो गोलभेडा ११०, टनेलको सानो गोलभेडा १२०, रातो आलु ८२.६७, मुढे रातो आलु ७२.६७, सेतो आलु ६९ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ। प्याज १०३ रुपैयाँ प्रतिकिलो, गाजर ११५, बन्दा ३५, स्थानीय काउली १३०, सेतो मुला ३५, लाम्चो भान्टा ७५, डल्लो भान्टा ९५, तने बोडी ११५, मटरकोशा १९०, घिउ सिमी ७५, टाटे सिमी ७५ र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
बिज्ञापन
यस्तै लौका २७ रुपैयाँ प्रतिकिलो, परवर ७५, चिचिण्डो ३५, घिरौला ७५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ७५, हरियो फर्सी डल्लो ७५, भिण्डी ६५, बरेला ६५,रायो साग ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति जनाएको छ।
यस्तै पालुङ्गो साग ७५ रुपैयाँ प्रतिकिलो, तोरीको साग ४५, चमसुरको साग २२३.३३, कन्ये च्याउ १४०, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १९०, भेडे खुर्सानी २६६.६७, अदुवा २०३ र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।








