कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिज्ञापन
कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो र चमसुरको सागको मूल्य बढेको छ । हिजो प्रतिकिलो ९०० रुपियाँ रहेको कुरिलो आज १५० रुपियाँले बढेर प्रतिकिलो १०५० रुपियाँ कायम भएको छ । त्यस्तै, चमसुरको साग भने ८६ रुपियाँले महँगिएको छ । आज २२६ मा कारोबार भइरहेको पुदिना अघिल्लो दिन १४० रुपियाँ थियो ।
बिज्ञापन
आज ठूलो गोलभेंडा भने सस्तिएको छ । हिजो १४५ रुपियाँमा बिक्री भएकामा यसदिन १२५ रुपियाँमा झरेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, सेतो मूला हाइब्रीड ४१.६७ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली १२० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय १२५ रुपैयाँ प्रति केजी तोकिएको छ ।








