होमपेज > नेपाल दूरसञ्चार प्राधिकरणद्धारा दुई इन्टरनेट कम्पनीको लाइसेन्स रद्ध

नेपाल दूरसञ्चार प्राधिकरणद्धारा दुई इन्टरनेट कम्पनीको लाइसेन्स रद्ध

बिज्ञापन
बिज्ञापन

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।

बिज्ञापन

प्राधिकरणले रूपन्देहीको भैरहवाको रेग्मी मिडिया इंक प्रालि र वीरेन्द्रनगर सुर्खेतको लाइफ नेट प्रालिको इन्टरनेट र इमेल सेवाको लाइसेन्स खारेज गरेको हो। कात्तिकको पहिला साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको प्राधिकरणले जानकारी दिएको छ। खारेजीमा परेको रेग्मी मिडिया इंक प्रालिले २३ असोज २०७१ मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो। इन्फोकम प्रालिले ३० भदौ २०७६ मा अनुमति पत्र लिएको थियो।

बिज्ञापन

प्राधिकरणले ती कम्पाीहरुलाई अडिटेड वित्तीय विवरणअनुसार तिर्नरबुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर प्राधिकरणमा सम्पर्क गर्न भनेको छ। गत भदौमा वीरगञ्ज ८ पर्साको पर्सा टेलिकम्यूनिकेसन प्रालि र हात्तिसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज पनि भएको थियो।

यसअघि ३२ जेठमा पनि ७ वटा इन्टरनेट कम्पनीको इजाजतपत्र खारेज भएको थियो। मोरङका वशिष्ठ केबल नेट प्रालि, इन्फोनेट टेक्नोलोजी प्रालिसहित जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको एस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमतिपत्र खारेज भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते