होमपेज > अबदेखि तारे होटल र सबैखाले रिसोर्टहरूमा प्लास्टिकजन्य बोटल प्रतिबन्ध

अबदेखि तारे होटल र सबैखाले रिसोर्टहरूमा प्लास्टिकजन्य बोटल प्रतिबन्ध

बिज्ञापन
बिज्ञापन

अबदेखि तारे होटल र सबैखाले रिसोर्टहरूले प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाउने भएका छन्।

बिज्ञापन

पर्यटन विभागले परिपत्रमार्फत चारतारे, पाँचतारे र पाँचतारे डिलक्स तथा डिलक्स र लक्जरी रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न प्रतिबन्ध लगाएको हो। ती होटल र रिसोर्टहरूले अब काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुराँमा पिउने पानीको व्यवस्था मिलाउनुपर्ने विभागले यही कात्तिक ५ गते पत्रमार्फत जानकारी गराएको छ।

बिज्ञापन

विभागबाट स्तरवर्गीकरण भई इजाजतप्राप्त गरी सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेयपदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकोले तत्काललाई कम्तीमा चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरिएको विभागले जनाएको हो।

खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यस्तो निर्णय गर्नुपरेको विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले बताए।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते