होमपेज > बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

बिज्ञापन
बिज्ञापन

मागअनुसारको उत्पादन नहुँदा बजारमा अण्डाको मूल्य बढेको छ। व्यवसायीहरूका अनुसार हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।

बिज्ञापन

किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो अण्डा चार सय ५५ र एक्सेल अण्डा पाँच सय ४ सय ७० रूपैयाँ तोकिएको छ। एक साता अघि किसानले मध्यम आकारको अण्डा तीन सय ९५, ठूलो अण्डा चार सय २५ र एक्सेल अण्डा चार सय रूपैयाँ पाएका थिए। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।

बिज्ञापन

अहिले उपभोक्तालाई अण्डा प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँसम्म बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए। ‘आकार अनुसार मूल्य फरक हुन्छ,’ उनले भने, ‘त्यो पनि पसल अनुसार फरक छ। खुद्राको तुलनामा होलसेलमा अलि सस्तो हुन्छ।’

उनका अनुसार हाल उपभोक्ताले मध्यम आकारको अण्डाको लागि प्रतिक्रेट ४ सय ९० रूपैयाँ तिर्नुपर्छ। त्यस्तै, ठूलो अण्डा पाँच सय २० रूपैयाँसम्म पर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० देखि ४० रूपैयाँ छ। यस अघि उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट ४ सय ७०, ठूलो अण्डा ४ सय ८० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तिरिरहेका थिए।

बिज्ञापन

मागअनुसार उत्पादन नहुने हो भने अझै अण्डाको मूल्य बढ्ने उनको भनाइ छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते