होमपेज > तीन विकास बैंक र चार फाइनान्स कम्पनीहरू राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र चार फाइनान्स कम्पनीहरू राष्ट्र बैंकको कारबाहीमा

बिज्ञापन
बिज्ञापन

नियम उल्लङ्घन गर्ने तीन विकास बैंक र चार वटा फाइनान्स कम्पनीहरू राष्ट्र बैंकको कारबाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा नै नियम नमान्ने तीन वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो।

बिज्ञापन

नियम उल्लङ्घन गरेर नेपाल राष्ट्र बैंकको कारबाहीमा पर्नेहरूमा विकास बैंकअन्तर्गत सिन्धु, साल्पा र मितेरी छन् भने जानकी, गोर्खाज्, प्रोग्रेसिभ र रिलायन्स गरी चार फाइनान्स कम्पनीहरू रहेका छन्। उनीहरूलाई केन्द्रीय बैंकले नगद जरिवानासहित गल्ती नदोहोर्‍याउन सचेत पनि गराइएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारण सभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले सालपा विकास बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ ।

बिज्ञापन

सो अवधिमा राष्ट्र बैंकले व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४ दशमलव ६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै साल्पाका सञ्चालक समिति र सीईओलाई सचेत गराएको हो। सिन्धु विकास बैंकका अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा– नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले राष्ट्र बैंकले सचेत गराएको छ।

साथै, नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था गरेको देखिएकोले मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। त्यसै गरी, राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले जानकी फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

बिज्ञापन

त्यस्तै, राष्ट्र बैंकले एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरू वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरीत हुने गरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्षरसञ्चालक संस्थाको ऋणी÷ग्राहकसँग संस्थामा नै खोलिएका खाताहरू मार्फत आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको। त्यस्तै, तत्कालीन अध्यक्षरसञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरूसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको कार्यलाई चुस्त नराखेको तथा निगरानी कमजोर रहेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम गोर्खाज् फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

त्यस्तै, केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले प्रोगेसिभ फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुग भएकोले रिलायन्स फाइनान्सलाई आर्थिक जरिबाना लगाएको छ। संस्थाले मिति २०८१ भदौ २३ गते देखि २०८१ असोज ०५ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आ.व. मा पहिलो पटक कायम नगरेको हुँदा ११ हजार २२७.६५ रुपैयाँ नगद जरिवाना गराएको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते