होमपेज > नेपाली कांग्रेसका युवा नेता शिवाकोटी पक्राउ

नेपाली कांग्रेसका युवा नेता शिवाकोटी पक्राउ

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेको जानकारी दिए । ‘म बाटोमा हिँड्दै थिए। बालुवाटार तीन नम्बर गेट अगाडि तीन चार जना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो । निर्मला कुर्मी न्यायिक आन्दोलनमा रहेका रूबी खान लगायत ४ जना महिलाहरु र एकजना भिडियो खिच्दै थिए। त्यो भिडियो खिच्ने मेरो आफ्नै भाइ विजयबाबु शिवाकोटी रहेछ। म ओर्लेर उसलाई हेर्दा के गरेको भन्न जाँदाखेरि पुलिसले सबैलाई समात्यो । अनि पुलिसले मलाई पनि समात्यो’ नेता शिवाकोटीले भने ।

बिज्ञापन

उनले भने, ‘मैले मेरो परिचय दिँदा पनि मलाई आन्दोलनकारी सम्झेर समात्यो । मैले मेरो परिचय दिए तर पुलिसले छाडेन । पकडेर उनीहरुसहित मलाई पनि मालीगाउँ लग्यो।’ पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल ल्याएको समेत उनले बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीले भने, ‘मैले परिचय दिएर फोटो खिच्दाखेरि पनि मेरो मोबाइल तानेर फोटो डिलिट गरियो । ममाथि धरपकड गरिएको छ ।’

शिवाकोटीसहित अधिकारकर्मीहरू रुबी खान सहितका अधिकारकर्मीहरू पनि पक्राउ परेका छन्। काठमाडौँ प्रहरीले भने शिवाकोटी हुलमुलमा परेर समातिएको र पहिचान भएपछि छोडिएको बताएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले हुलमुलमा परेर नियन्त्रणमा लिएको तर अहिले छाडिसकिएको जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते