होमपेज > हिरो मोटरसाइकलले सार्वजनिक गर्‍यो नयाँ एक्सपल्स प्रो–रैली संस्करण

हिरो मोटरसाइकलले सार्वजनिक गर्‍यो नयाँ एक्सपल्स प्रो–रैली संस्करण

बिज्ञापन
बिज्ञापन

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण सार्वजनिक गरेको हो ।

बिज्ञापन

एक्सपल्स प्रोले आफ्ना सवारलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भूभागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा डुअल–पर्पस टायर उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले सहरी क्षेत्रका साथै अफरोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ । हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधासमेत उपलब्ध छ ।

बिज्ञापन

२५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सनसहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभर पनि उपलब्ध गरिएको छ । २७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्ससहितको एक्सपल्स प्रो मा १९९.६ सिसी क्षमताको इन्जिन दिइएको छ। यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपिएम र १७.३५ एनएम टर्क मा ६५०० आरपिएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पिड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ।

सहर तथा अफरोड दुवै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल भनिएको एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सिजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते