होमपेज > पूर्व मन्त्री बाबा सिद्दिकीको हत्यापछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइयो

पूर्व मन्त्री बाबा सिद्दिकीको हत्यापछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइयो

बिज्ञापन
बिज्ञापन

महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।

बिज्ञापन

मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिदै आएको छ ।

बिज्ञापन

बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । राजनीतिक मुद्दाबाट टाढा रहेका अधिकांश मानिसहरूले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे। हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीको मुख्य आकर्षण यहाँ पुगेका सेलिब्रेटीहरू थिए । रेड कार्पेटमा साना ठूला सेलिब्रेटीहरुको उपस्थितिका कारण पार्टी चर्चामा रहने गर्दथ्यो ।

यो पार्टीले शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडाको अन्त्य गरेको थियो । सलमान र शाहरुखको झगडा मिलाउने श्रेय पनि बाबा सिद्दिकीलाई नै जाने गर्दछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते