होमपेज > डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यत्तिलाई सार्वजनिक

डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यत्तिलाई सार्वजनिक

बिज्ञापन
बिज्ञापन

डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यत्तिलाई  सार्वजनिक गरिएको छ ।

बिज्ञापन

पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भण्डारी सार्वजनिक गरेको हो । भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनकाअनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे रु भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट सवुत प्रमाण फेला पारेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

भण्डारीसँग पूरानो चिनजान भएकी भट्टराईलाई पसलमा कुराकानीकै क्रममा भण्डारीले हत्या गरेको देखिएको छ भने पछि उनले भण्डारीको शव व्यवस्थापन गर्ने उद्देश्यले प्लास्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी राति घटनास्थलमा पुगेका थिए । शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा खसेका थिए भने शवलाई पसल नजिकै फालेर घरतर्फ हिडेका थिए तर राति स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । किशोरीको शव परीक्षण रिर्पोट प्राप्त भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ ।

बिज्ञापन

-यो पनि पढ्नुहोस्:

बोरामा भेटियो किशोरीको शव, बलात्कारपछि हत्याको आशंका

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते