होमपेज > दशैंका लागि ४ हजारले साटे सुकिला नोट

दशैंका लागि ४ हजारले साटे सुकिला नोट

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दशैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण विगतमा गरेपनि यस वर्ष सुकिला नोट बजारमा पठाएको छ ।

बिज्ञापन

राष्ट्र बैंकले सफा सुकिला नोटहरू पछिल्लो समय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै गएकाले यसलाई दशैंमा प्रयोग गरौं भनेर यसपटक यस्तो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभागले तोकेको मापदण्ड अनुसार सर्वसाधरणका लागि असोज १३ गतेदेखि २२ गते सम्म नोट वितरण गरेको हो । प्रत्येक वर्ष दसैंमा सटही हुने गरेको नोटभन्दा दुई गुणा बढी सफा नोट स्टकमा रहेका कारणले त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस वर्ष थुप्रिएको सफा नोटलाई व्यवस्थापन गर्न र नयाँ नोटमा खर्च नगर्न सफा नोट व्यवस्थापन नीति लिएको हो ।

बिज्ञापन

सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्ला मध्ये रुपन्देहीमा राष्ट्र बैक स्वयमले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको मार्फत नोट वितरण गरेको नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीले बताए । अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूवी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत ८३ करोड नोट पठाइएको छ । बैकले बैक तथा वित्तिय संस्थालाई १ अर्ब खुद्रा नोट पाठाएको छ भने ६ अर्ब ५० करोड ठूला दरको नोट गरि ७ अर्ब ५० करोड नोट यो समयको दौरान पठाएको छ ।

गत वर्ष दशैंको समयवधिमा रुपन्देहीमा सरदर दैनिक ७० करोड नोट बाहिरीन्थ्यो भने अहिले दैनिक रुपमा १ अर्ब ४० करोड अर्थात दोब्बरनै नोट बाहिरीएका छन यो भनेको आर्थिक अवस्था पहिला भन्दा चलायमान हुनु हो । यस्तै बाहिरी जिल्ला पाल्पामा गत वर्ष २३ करोड, गुल्मीमा २० करोड बाहिरीन्थ्यो भने यो दर पनि अहिले दोब्बर भएको छ । पहाडी जिल्लामा पनि करिब दोब्बर नै पैसा बैकबाट बाहिरीएको छ । यो तथ्याङले दशैंको बेला पैसाको गतिविधी बढेको पाइएको निर्देशक सुवेदीले भने । नोट सटिने संख्यामा कमि आएपनि गत वर्ष भन्दा यो वर्ष दोब्बर पैसा राष्ट्र बैंकबाट बाहिरीएको छ यो भनेको आर्थिक गतिविधी चलायमान भएको अपेक्षा बैंकको हो ।

बिज्ञापन

गत वर्ष ४० करोड ७१ लाख साना दरका नयाँ नोट वितरण गरिएकोमा यस वर्ष ८३ करोड सुकिला नोट सर्वसाधारण र अन्य जिल्लामा माग अनुसार पठाइएको छ । ५ दरको नोट बाहेक साना दरको सबै नोट मागे अनुरुप नै सर्वसाधरण, वित्तिय संस्था, कार्यालय, उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुलाई वितरण गरिएको उपनिर्देशक पाण्डेले भने । गुल्मी, अर्घाखाची, पाल्पा, परासी, कपिलवस्तु, रोल्पा, प्युठान, पूर्वी नवलपरासी र पूर्वी रुकुममा नोट कोष सुविधा छ, नोट कोष सुविधा भएको बैंकको माग अनुसार नै प्रयाप्तताको आधारमा रकम पठाइएको छ ।

नोटलाई सुरक्षित तरिकाले उपयोग गर्नपनि राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ । यस्तै संस्था, संगठित कार्यालय र सरकारी कार्यालयहरुको माग र पत्रको आधारमा समेत नोट साट्ने व्यवस्था कार्यालयले गरेको थियो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते