होमपेज > स्ट्याण्डर्ड चार्टर्ड बैंकको सुर्खेत र कैलालीमा नयाँ शाखा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सुर्खेत र कैलालीमा नयाँ शाखा

बिज्ञापन
बिज्ञापन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली गरी दुई वटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको छ।

बिज्ञापन

उक्त शाखा कार्यालयहरूको स्थापनासँगै बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा विस्तार गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा दुवै शाखा कार्यालयहरूको समुद्घाटन गरेका हुन्। सुर्खेत शाखाको १९ गते उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह समेत उपस्थित भएका थिए।

बिज्ञापन

दुबै शाखाको उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सञ्चालक समितिका सदस्य सिद्धान्त राज पाण्डेयले सञ्चालक समितिको प्रतिनिधित्व गरेका हुन् । सो समारोहमा धन्यवाद ज्ञापन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले उक्त शाखाहरू स्थापनाका क्रममा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयको स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले राखेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते