सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा मारेको छ । वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानासहितको टोलीले शनिबार आठ वटा स्पामा छापा मारेको हो ।
बिज्ञापन
ती मध्ये धनगढी उपमहानगरपालिका-४ चौराहास्थित सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा भने अनैतिक क्रियाकलाप गरेको भेटिएको थियो । उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भएपछि प्रहरीले सो स्पाका सञ्चालक र त्यहाँ कार्यरत ४ युवतीसहित ६ जनालाई पनि पक्राउ गरेको छ ।
बिज्ञापन
कैलाली प्रहरीका अनुसार सो स्पा सेन्टरमा छापा मार्दा शंकास्पद गतिविधीमा संलग्न चारजना महिला र एकजना पुरुषलाई आपत्तीजनक अवस्थामा भेटिएपछि सञ्चालकसहित ६ लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।








