कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडाको मूल्य घटेको छ भने कन्य च्याउ महँगो भएको छ ।
बिज्ञापन
हिजो १५० रुपियाँमा कारोबार भएको भारतीय ठूलो गोलभेंडा १० रुपियाँले घटेर आज १४० रुपियाँमा बिक्री भइरहेको छ । त्यस्तै, लोकल गोलभेंडा भने प्रतिकिलो ८५ रुपियाँ तोकिएको छ । त्यस्तै, कन्य च्याउ ४४ रुपियाँले बढेको छ ।
बिज्ञापन
आज २६६ रुपियाँ तोकिएको कन्य च्याउ हिजो भने २२२ रुपियाँमा कारोबार भएको थियो । आज कालिमाटीमा मुडेको आलु ७७, सुकेको प्याज १२७, बन्दा ४५, लोकल काउली ९५, भन्टा ८५, तनेबोडी १२५, लौका ६५, घिरौंला ११० र रायो साग प्रतिकिलो १४५ रुपियाँ तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।








