होमपेज > काठमाडौँ महानगरद्धारा काभ्रेका ३ पालिकालाई २०/२० लाख सहयोग

काठमाडौँ महानगरद्धारा काभ्रेका ३ पालिकालाई २०/२० लाख सहयोग

बिज्ञापन
बिज्ञापन

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले  बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकका तीनवटा स्थानीय तहलाई २०/२० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

बिज्ञापन

जिल्लाको पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय भएको काठमाडौँ महानगरले जनाएको छ। पालिकाहरूको सहयोगको मागपछि विपद् व्यवस्थापन समितिमा छलफल गरी सहयोगको सिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

बिज्ञापन

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई विपद् व्यवस्थापन कोषबाट सहयोग उपलब्ध गराइएको महानगरले जनाएको छ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले काभ्रेपलाञ्चोकका यी पालिकाहरूमा मानवीय र भौतिक क्षति भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते