होमपेज > एक महिनामै ५७ हजार बढी नेपाली बिदेसिए

एक महिनामै ५७ हजार बढी नेपाली बिदेसिए

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली बिदेसिएका हुन् ।

बिज्ञापन

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् । भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।

बिज्ञापन

भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ । मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् । मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेसँगै गिरावट आएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते